८ बैशाख २०८१, शनिबार

काठमाण्डौँका तीन जिल्लाका प्रमुखको आकस्मिक बैठक

dao kathmandu valley

व्यवसायीहरुले उपत्यकामा बिहीबारदेखि पसलहरु खोलेर सञ्चालन गरे पछी स्थानीय प्रशासनलाई थप समस्या परेको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले पसलहरु खोल्ने निर्णय गरेको थियो।

लकडाउनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा तीनवटै जिल्ला प्रशासन तथा सुरक्षा निकायको संयुक्त आकस्मिक बैठक बसिरहेको छ । सरकारले ७३ दिनदेखि लकडाउन जारी राखे पनि लकडाउन बाहेक अन्य विकल्प खोज्न नसक्दा व्यापारीदेखि आम सर्वसाधारण मर्कामा परेका छन्।

बिज्ञप्ती मार्फत साना उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आज (बिहीबार)देखि बिहान ११ बजेसम्म सबै खालका पसल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको थियो ।