२१ बैशाख २०८१, शुक्रबार

नेमारले बराबरी गरे पेलेको कीर्तिमान

nemar

फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिलका फरवार्ड नेमारले महान खेलाडी पेलेको कीर्तिमान बराबरी गरेका छन् ।

कतारमा जारी विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् ।

नेमारले १२४ खेल खेल्दै ७७ गोल गरेका हुन् । पेलेले ९२ खेलमै ७७ गोल गरेका थिए ।