८ बैशाख २०८१, शनिबार

विश्वकप च्याम्पियनलाई स्वागत गर्न ४० लाख अर्जेन्टिनी सडकमा

unnamed 1

विश्वकप च्याम्पियनलाई स्वागत गर्न अर्जेन्टिनाको राजधानी व्युनस आयर्समा मंगलबार लाखौं समर्थक सडकमा भेला भएका छन् । खेलकुद टोलीको बस व्युनस आयर्समा पुग्दा भिड नियन्त्रण गर्न सुरक्षा बललाई हम्मे हम्मे परेकाे थियो । 

विश्व कप टोली बिहान ३ बजे विमानस्थलमा उत्रिएपछि रजाधानीमा ठूलो भिड बढेको थियो । अर्जेन्टिनाको फुटबल जर्सीको नीलो र सेतो लुगा लगाएका झण्डा बोकेका लाखौँ मानिस प्रतिष्ठित ओबिलिस्क स्मारक नजिकै सडकमा भेला भएका थिए । विभिन्न ठाउँमा अर्जेन्टिनाका फुटबल प्रशंसकहरू राष्ट्रिय र क्लब टोलीको जित मनाउन पनि भेला हुन्छन् । 

टोलीको सम्मानमा ४० लाख प्रशंसक भेला भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबार भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो ।