११ बैशाख २०८१, मंगलवार

विश्वकप आउन अब तीन वर्ष ६ महिना बाँकी, सहभागी राष्टको संख्या ३२ बाट ४८ पुग्ने

w

फिफा विश्वकपको २२ औं संस्करण कतारमा सम्पन्न भएको छ ।

खाडी मुलुकमा पहिलो पटक भएको विश्वकपको दोहा स्थित लुसेल स्टेडियममा समापन समारोह गरिएको थियो । १५ मिनेट लामो समापन समारोहमा भारतीय कलाकार नोरा फतेहीसहित विभिन्न देशका कलाकारले सांगीतिक प्रस्तुती दिएका थिए ।

अर्को संस्करण फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ । तीन राष्ट्रले संयुक्तरुपमा विश्वकप आयोजना गर्न लागेको यो पहिलो पटक हो । सन् २०२६ मा हुने विश्वकप आउन अब तीन वर्ष ६ महिना बाँकी छ । उक्त विश्वकपमार्फत सहभागी राष्टको संख्या ३२ बाट ४८ पुग्नेछ ।

प्रतियोगिता सुरु हुने मिति भने निश्चित भइसकेको छैन । तर जुन-जुलाईमा नै विश्वकप गरिने बताइएको छ । नोभेम्बर – डिसेम्बरमा विश्वकप सञ्चालन लन भएको यो पहिलो पटक हो । कतारको गर्मीलाई छल्न फिफाले समय परिवर्तन गरेको थियो ।

मेक्सिकोले यसअघि सन १९७० र १९८६ मा विश्वकप सञ्चालन गरिसकेको छ । १९९४ को विश्वकप अमेरिकामा भएको थियो । क्यानडाले भने विश्व फुटवलको प्रतियोगिता पहिलो पटक आयोजना गर्दैछ ।

अब हुने विश्वकपको सबैभन्दा बढी ६० खेल अमेरिकामा हुनेछन् । मेक्सिको र क्यानडामा १०/१० खेल खेलाइने तालिका तय भएको छ ।