८ बैशाख २०८१, शनिबार

उपविजेता बन्दै स्वदेश फर्किएको फ्रान्सेली टोलीलाई न्यानो स्वागत (फोटो फिचर)

FranceFootballTeam7 1671502034

कतार विश्वकप २०२२ को उपविजेता बन्दै स्वदेश फर्किएको फ्रान्सेली टिमलाई स्वदेशमा न्यानो स्वागत गरिएको छ ।

विश्व फुटबलमा उत्कृष्ट मध्येका केलियन एम्बाप्पे, हुगो लोरिस, एन्टोइन ग्रिजमनसहित कतार विश्वकपमा सहभागिता जनाएको फ्रान्सले फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सूटआउटमा ४ – २ गोलले हारेको थियो ।

फाइनल सकिएपछि स्वदेश फर्किएको फ्रान्सलाई पेरिसको विमानस्थलमा त्यहाँका कर्मचारीले ताली बजाएर स्वागत गरेका थिए । यस्तै, पेरिसमा जम्मा भएका हजारौँ नागरिकले आफ्नो देशका खेलाडीलाई न्यानो अभिवादन गरे ।

समर्थकहरुले आतिशबाजीसहित झण्डा र हात हल्लाएर आफ्ना खेलाडीलाई धन्यवाद पनि दिए । खेलाडीहरु फ्रान्सको सबैभन्दा प्रतिष्ठित होटल दि क्रियोमा बसेका थिए ।

बाल्कोनीमा आएर जब कप्तान हुगो लोरिस, प्रशिक्षक डिडिए डेस्सोसहितका टोली सदस्यले समर्थकलाई अभिवादन गरे, त्यहाँ उपस्थित हजारौँ समर्थकले एकै स्वरमा राष्ट्रिय गान गाएका थिए । त्यसपछि उनीहरुले फ्रान्सेली टोलीलाई धन्यवाद दिएका थिए ।

समर्थकहरुले एम्बाप्पे देखा परेपछि निकै हुटिङ गरेका थिए । कतारको दोहास्थित लुसेल रंगशालामा भएको फाइनल खेलमा एम्बाप्पेले ह्याट्रिक गोल गरेपनि टिमलाई जिताउन भने सकेनन् ।

FranceFootballTeam7 1671502034
FranceFootballTeam11 1671502036
FranceFootballTeam5 1671502035
FranceFootballTeam10 1671502036
FranceFootballTeam6 1671502035
FranceFootballTeam8 1671502034
France Football Team 12
France Football Team 4
FranceFootballTeam6 1671502035 1
France Football Team 3