१३ बैशाख २०८१, बिहीबार

संस्थापन पक्षबाट देउवा मात्र उम्मेदवार: संस्थापन इत्तर पक्षबाट शेखर र गगनबीच ‘हार्ने चुनाव’ मा किन हुँदैछ हानथाप ?

shekhar koirala gagan thapa

नेपाली कांग्रेसको संस्थापन इत्तर पक्षबाट संसदीय दलको नेतामा साझा उम्मेदवार तय गर्न महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाबीच आज पनि वार्ता जारी छ । सोमबार दिनभरको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहानैदेखि दुईपक्षीय छलफल शुरु भएको हो ।

कांग्रेसमा संसदीय दलको नेताका लागि आजै दिउँसो मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

संस्थापन पक्षबाट शेरबहादुर देउवा एकमात्र उम्मेदवार छन् भने संस्थापन इत्तर पक्षबाट डा. शेखर र महामन्त्री गगन दुईजना दाबेदार निस्किएका छन् ।

महामन्त्री थापाले मंसिर ४ को निर्वाचनअघि नै संसदीय दलको नेतामा उठ्ने र प्रधानमन्त्रीमा समेत दाबी गर्ने घोषणा गरेका हुन् भने डा. कोइरालाले निर्वाचन जितेपछि संसदीय दलको नेतामा दाबी गरेका हुन् ।

‘हार्ने चुनाव’ मा किन हुँदैछ हानथाप ?

कांग्रेस संसदीय दलको नेताका लागि ८९ जना सांसदहरुले मतदान गर्नेछन् । गत चुनावमा भएको टिकट वितरणमा देउवा पक्ष हावी भएकाले संसदीय दलमा पनि सभापतिको सुविधाजनक बहुमत रहेको अनुमान गरिँदै आएको छ ।

यही अनुमानका आधारमा संसदीय दलको नेताको चुनावलाई संस्थापन इत्तर पक्षका कतिपय नेताहरुले ‘हार्ने चुनाव’ को उपमा समेत दिएका छन् । उसोभए यो ‘हार्ने चुनाव’मा उम्मेदवार बनी छाड्ने अडानमा किन छन् त थापा र कोइराला ? यसका पछाडि केही कारण छन् ।

महामन्त्री गगन थापाले चुनाव अघि नै घोषणा गरिरकेको हुनाले उनी हारे पनि जिते पनि चुनाव लड्नुपर्ने नैतिक दबावमा परिसकेका छन् । उता डा. कोइरालाचाहिँ गत महाधिवेशनदेखि नै नेपाली कांग्रेसभित्र संस्थापन इत्तर पक्षको मुख्य नेता बनेको हुनाले संसदीय दलमा समेत देउवासँग चुनाव लडेर पार्टीभित्रको प्रतिपक्षी नेताको सिट सुरक्षित गर्न चाहन्छन् । संसदीय दलमा देउवा र थापावीच प्रतिस्पर्धा भएमा आफू छायामा पर्ने डा. कोइरालाको बुझाइ देखिन्छ ।

कांग्रेस नेताहरुका अनुसार संसदीय दलमा हार्ने नेताकै रुपमा भए पनि शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गर्नुले पार्टीभित्र निकै ठूलो अर्थ राख्छ । यही अर्थ बुझेका कारण महामन्त्री गगन थापा र नेता शेखर कोइराला चुनावमा होमिन खोजेको कांग्रेसभित्रको बुझाइ छ ।

तर, पार्टीभित्र देउवाप्रति पनि केही असन्तुष्टि बढेको र संस्थापन इत्तर पक्ष एक भएर चुनावमा जाने हो भने संसदीय दलको नेतामा जित्न पनि सकिने आशा संस्गापन इत्तर पक्षका नेताहरुमा देखिन्छ । संसदीय दलको नेतामा जितिहालियो भने प्रधानमन्त्री बन्ने ढोका खुल्ने हुनाले पनि यो पदमा आकर्षण देखिएको हो ।

नेपाली कांग्रेसको गत महाधिवेशनमा पनि संस्थापन इत्तर पक्षले सभापतिको साझा उम्मेदवार पाउन सकेन ।

देउवासँग प्रतिस्पर्धा गरेका विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला लगायतका नेताहरुको मत बाँडिदा देउवापक्षलाई जित्न सहज भयो । अहिले संसदीय दलको नेतामा पनि संस्थापन इत्तर पक्षको मतो मिल्न नसक्दा देउवालाई सहज हुने देखिएको छ ।

तथापि आज दिउँसो मनोनयन दर्तासम्म थापा र कोइरालावीच सहमति होला, नहोला, त्यो भने हेर्न बाँकी छ ।

यस्तो छ निर्वाचनको कार्यतालिका

कांग्रेस संसदीय दलको नेताका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ ।

दिउँसो साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुने छ भने साढे ३ देखि ४ बजेसम्म उम्मेदरवारविरुद्ध उजुरी दिन पाइने छ ।

संसदीय दलको नेतामा उम्मेदवारी दिएका उम्मेदवारले साढे ५ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने छन् ।

बेलुका पौने ६ बजे उम्मेवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस ६ गते बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लाति मतदान हुने निर्वाचन समितिका संयोजक भीष्मराज आङदम्बेले जनाएका छन् ।

संसदीय दलका मतदाताNC00 1671504785NC1 1671504144NC2 1671504144NC3 1671504144NC4 1671504144