७ बैशाख २०८१, शुक्रबार

चलचित्र बिकास बाेर्ड अध्यक्षका लागि ३ जनाकाे नाम सिफारिस

film industry election

चलचित्र विकास बोर्डको अध्यक्षका लागि संचार तथा सूचना प्रविधि मन्त्रालयले भुवन केसी, राजेश थापा र दयाराम दाहालको नाम गत बिहीबार सिफारिस गरेको छ ।

मन्त्रीपरिषदको आगामी बैठकले यी तीनमध्ये एउटाको नाम तय गर्ने जानकारी मन्त्रालय स्रोतले दिएको छ । तत्कालिन बिकास बाेर्ड अध्यक्ष केशब भट्टराइकाे गत बर्षकाे पाैष ३० गत्ते हृदयघातकाे कारण निधन भएपछि बिकास बाेर्ड अध्यक्षबिहिन रहेकाे थियाे । खाली भएको उक्त पदका लागि मन्त्रालयले केही अगाडि आवेदन आह्वान गरेको थियो ।

अध्यक्षकाे लागि चलचित्र बिकास बाेर्डमा दस जनाको आवेदन परेकाे थियाे । आवेदन दिनेहरुमा भुवन केसी, दयाराम र राजेश थापासँगै भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठ रहेका थिए ।

दश जनाकाे आवेदन परेपछि मन्त्रालयकी सहसचिव राधिका अर्यालको नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति गठन भएको हो ।