१४ बैशाख २०८१, शुक्रबार

दुई हजार नाघ्यो संक्रमित्, पछिल्लो २४ घण्टामा २८८ थपिए, कोरोना जित्ने २६६

Coronavirus 1

नियमित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जनाए अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

२८८ जना संक्रमित मध्ये २७० जना पुरुष र १८ जना महिलामा संक्रमण देखिएको हो। आज सम्ममा संक्रमण देखिएका मध्ये १९४९ जना पुरुष रहेका छन् भने जना १५० महिला रहेका छन्।

त्यसैगरी मंगलबारसम्म थप ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको छ ।

आज सम्म संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।

प्रवक्रता डा देवकोटाका अनुसार हालसम्म देशका ५६ जिल्लामा संक्रमण देखिएको छ।