१४ बैशाख २०८१, शुक्रबार

किन छाडे रोनाल्डोले म्यानचेष्टर युनाइटेड ?

Cristiano Ronaldo

आधुनिक फुटबल इतिहासको सबैभन्दा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तत: प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाड्ने भएका छन् ।

युनाइटेडले मंगलबार एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको र उनले क्लब छाड्ने जनाएको छ ।

पछिल्लो समय प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो नहुँदा रोनाल्डोले क्लबमा पर्याप्त खेल्ने अवसर पाएका थिएनन् र भने उनको व्यहारले उनी विवादमा समेत तानिएका थिए ।

रोनाल्डोले केही समयअघि एक अन्तर्वार्तामा युनाइटेडले आफूलाई घात गरेको भन्दै क्लबको विपक्षमा बोलेका थिए ।

विश्वकपमा सहभागी हुन आउनुअघि रोनाल्डोले मोर्गनलाई दिएको अन्तवार्तामा आफुलाई म्यानचेस्टर युनाइटेडलाई धोका दिएको र क्लबबाट निकाल्न प्रशिक्षक एरिक टान हागसहितका मान्छे लागेको बताएका थिए।

अन्य थुप्रै विषयमा म्यान युनाइटेडको आलोचना गरेका ३७ वर्षीय रोनाल्डोलाई अब क्लबबाट खेल्न दिन नहुने विचार व्यक्त गरिरहेको छ। रोनाल्डो स्वयंमले आफु म्यान युनाइटेडमा नफर्कने निश्कर्षपछि यो अन्तर्वार्ता दिएको हुन सक्ने अनुमान भइरहेको थियो।

‘मेरो लाइफमा बेस्ट टाइमिङ भनेकै मेरो टाइमिङ हो’, रोनाल्डोले भनेका छन्,’अरु मानिसले के सोच्छन् भनेर मैले विचार गरिरहन पर्दैन। म आफुलाई मन लागेका बेला बोल्छु। मेरा टिमका सदस्यहरु मलाई राम्रोसँग चिन्छन्।’

युनाइटेडले रोनाल्डोलाई दुई स्पेल ओल्ड ट्राफोर्डमा बिताएकोमा धन्यवाद दिएको छ । रोनाल्डोले युनाइटेडमा कूल ३४६ खेल खेल्दै १४५ गोल गरेका थिए ।

रोनाल्डो हाल कतारमा विश्वकप खेल्न पोर्चुगलको टिमसँगै कतारमा छन् । गत विहीबार लिस्वनमा नाइजेरियाविरुद्ध भएको मैत्रिपूर्ण खेलमा पेटको समस्याका कारण रोनाल्डोले खेलेका थिएनन्। शुक्रबार टोली कतारमा आएपछि रोनाल्डो नियमित प्रशिक्षणमा सहभागी छन्।

समूह एमा रहेको पोर्चुगलले पहिलो चरणमा घाना, उरुग्वे र दक्षिण कोरियासँग खेल्ने छ। रोनाल्डो सिनियर अन्तर्राष्ट्रिय फुटबलका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। सन् २०१६ मा युरोकप जितेका उनले विश्वकप जित्न भने सकेका छैनन्।