१४ बैशाख २०८१, शुक्रबार

अवरुद्ध गरे जसपाका कार्यकर्ताले मतगणना

2 2

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पछि परेपछि उनका कार्यकर्ताले मतगणना अवरुद्ध गरेका छन् ।

जसपाका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिकामा भएको सिल भेरिफिकेसन नभएसम्मका लागि मतगणना रोकि पाउँ भन्दै निवेदन दिएका छन् । उनीहरुले मतगणनास्थलमा नै धर्ना दिएका छन् । उनीहरुको धर्नाका कारण मतगणना रोकिएको छ ।

पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले २२ हजार २६० मत ल्याएका छन् ।

राउतभन्दा पछि परेका यादवको भने ११ हजार ३ सय २३ मत छ । यस्तै तेस्रो स्थानमा रहेका जयप्रकाश ठाकुरले ४ हजार ५६५ मत पाएका छन् ।