१३ बैशाख २०८१, बिहीबार

सकियो रोनाल्डो युग

world cup ronaldo 1

पोर्चुगलका चर्चित स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो अन्तिम खेलमा कुनै चमत्कार गर्न सकेनन् ।

राेनाल्डाेका लागि कतारमा जारी विश्वकप निरासाजनक रह्याे। विश्वकपमा सहभागी हुन कतार आउनुअघि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगकाे लफडा र प्रिक्वाटर फाइनलमा बेञ्चमा बस्नु परेकाे बाध्यताका बीच शनिबार राती भएकाे खेलमा कमजाेर आंकिएकाे अफ्रिकी देश माेरक्काेसँग पराजित हुँदै पाेर्चुगल बाहिरिएकाे छ। 

खेलको ५१ औं मिनेटमा मात्र मैदानमा छिरेका रोनाल्डोले केही उत्कृष्ट मुभ देखाएका भए पनि दादूमयी गोलको भने अभाव रह्यो ।

पाेर्चुगिज स्ट्राइकरकाे याे विश्वकप अन्तिम भएकाे खबर बाहिरिरहेकाे अवस्थामा माेरक्काेसँग १–० गाेलले पराजित भएर बाहिरिनु परेकाे घटना राेनाल्डाेका लागि सुखद हाेइन।

उनी ३७ वर्षका भइसकेका छन् । अर्काे विश्वकपमा उनी ४१ वर्ष पुगिसकेका हुने छन्। याे उमेरमा पाेर्चुगलकाे टिममा स्थान पाउनु असम्भव मानिन्छ। उनले यही नै अन्तिम विश्वकप खेलेका छन् । तर यो विश्वकपमा उनले कुनै जादू देखाउन सकेनन् ।

राेनाल्डाेका लागि कतार विश्वकप विर्सनलायक बन्याे। विश्वकपका लागि रोनाल्डोको युग सकिएको छ ।