Close Me
१३ माघ २०८१, आईतवार

रोनाल्डोले मानसिकतामाथि उठाएको प्रश्नको म्यानचेस्टर युनाइटेडका प्रशिक्षक हागद्वारा आलोचना

Ten Hag Ronaldo

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले क्रिस्टियानो रोनाल्डोको पछिल्लो अभिव्यक्तिको आलोचना गरेका छन् ।

टेन हागले बाहिरिया व्यक्तिले दिएको अभिव्यक्तिले क्लबलाई कुनै प्रकारको समस्या नपर्ने बताएका हुन् । युनाइटेडका पूर्व सहकर्मी रियो फर्डिनान्डसँग पोडकास्टमा कुरा गर्दै, रोनाल्डोले टेन हागको मानसिकतामाथि प्रश्न उठाएका थिए । केही दिनअघि हागले म्यानचेस्टर युनाइटेड, प्रीमियर लिग र च्याम्पियन्स लिग जित्न प्रतिस्पर्धा गर्न नसक्ने बताएका थिए ।

यही विषयमा रोनाल्डोले टेन हागको प्रशिक्षकको रूपमा यस्तो प्रतिक्रिया गैर-जिम्मेवार रहेको बताएका थिए । रोनाल्डोले आफ्नो पुरानो क्लबले च्याम्पियनसिप जित्न नसक्ने महसुस गरे पनि प्रशिक्षकको रूपमा टेन हागको अभिव्यक्ति र मानसिकताले गलत सन्देश पठाएको उल्लेख गरेका थिए । २०१३ मा सर एलेक्स फर्ग्युसनको अवकाशपछि क्लबमा ‘कुनै प्रगति नभएको’ रोनाल्डोले बताएका थिए ।

टेन हागले रोनाल्डोको अभिव्यक्तिको आलोचना गर्दै बाहिरी हल्लाहरुले क्लबलाई कुनै प्रकारको चिन्ता नपर्ने प्रतिक्रिया दिएका छन् । प्रिमियर लिगमा ब्राइटन र लिभरपुलको लगातार पराजयपछि युनाइटेडले भोलि साउथ हृयाम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । यो उनीहरुका लागी १९८६-८७ सिजनपछि सबैभन्दा खराब सुरुवात हो । २०१३ पछि युनाइटेडले प्रिमियर लिग जित्न सकेको छैन ।