१५ बैशाख २०८१, शनिबार

साविक विजेता फ्रान्स इंग्ल्यान्डलाई हराउँदै सेमिफाइनलमा प्रवेश

w

फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

उपाधि रक्षाको लक्ष्यमा रहेको साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराउँदै प्रवेश गरेको हो । शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्सले जितसँगै अन्तिम चारमा पुगेको छ।

औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोलमार्फत अग्रता दिलाए । खेलको १७ औं मिनेटमा चुआमेनीको गोलमा फ्रान्सले अग्रता लिएको थियो । चुआमेनीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । एन्टोइन ग्रिजमनले दिएको पासलाई चुआमेनीले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा इंग्लिस डिफेन्स लाइन र गोलरक्षक जोर्डन पिकफर्ड बिट भएका थिए ।

इंग्ल्यान्डले पहिलो हाफमा गोल गर्ने अवसर सिर्जना गरेपनि गोलरक्षक लोरिसले केहि सुन्दर बचाउ गरे । पहिलो हाफमा फ्रान्सले अग्रता जोगाउन सफल भयो ।

fra

इङ्ल्यान्डले ५४औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्ने मौका पाएको थियो। फ्रान्सका स्कोरर चोआमेनीले १८ यार्ड बक्समा बुकायो साकामाथि फाउल गरेपछि ग्यारेथ साउथगेटको इङ्ल्यान्ड पेनाल्टी पायो। सोही पेनाल्टीको सदुपयोग गर्दै कप्तान ह्यारी केनले खेल बराबरीमा ल्याएका थिए।

इंग्ल्यान्डले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कियो, तर जिरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई पुन: अग्रतामा लगे । एन्टोइन ग्रिज्म्यानले बायाँतर्फबाट दिएको क्रसलाई पेनाल्टी बक्स भित्र रहेका जिरुडले गोलमा परिणत गरेका थिए। इंग्ल्यान्डले ६ मिनेट समय बाँकी रहँदा पुन: पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएको थियो । तर केनले त्यसको सदुपयोग गर्न नसक्दा टोली खेलमा फर्कन सकेन ।

france

फ्रान्सले अग्रता लिएको ५ मिनेटपछि इंग्ल्यान्डले बराबर गर्ने अवसर पायो । तर इंग्लिस कप्तान ह्यारी केनको प्रहारलाई विपक्षी कप्तान ह्युगो लोरिसले विफल पारे । केनले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डायोट उपामेकानो बिट गरेपछि वन भर्सेस वनको स्थितिमा लोरिसले अघि बढ्दै बचाउ गरे ।

२९ औं मिनेटमा लोरिस पुन: बाधक बने । केनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई लोरिसले डाइभ दिँदै बाहिर पठाए । केनविरुद्ध पेनाल्टी क्षेत्रको ठिक बाहिर उपामेकानोले फल गर्दा भिडियो असिस्टेन्ट रेफ्रीले पेनाल्टी दिएन ।

७८ औं मिनेटमा फ्रान्सले पुन: अग्रता लियो । ओलिभिएर जिरुडले हेडरमार्फत गोल गर्दै साविक विजेतालाई अघि बढाए । उनले एन्टोइन ग्रिजमनको क्रसमा गरेको हेडर डिफेन्डर ह्यारी मगाएरलाई लाग्दै गोल भएको थियो ।

८४ औं मिनेटमा इंग्ल्यान्डले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । दोस्रो पेनाल्टी अवसरमा भने कप्तान केन चुके । उनको प्रहार क्रसबारबाट माथि गएको थियो ।

ken

सोही अग्रताको बचाऊ गर्दै चार वर्षअघिको च्याम्पियन फ्रान्सले सेमिफाइनल यात्रा तय गर्यो। हारसँगै इङ्ग्ल्यान्ड क्वार्डरफाइनलबाटै घर फर्किन बाध्य भएको छ ।

फ्रान्सले फाइनल प्रवेशका लागि मोरक्कोसँग खेल्ने छ। शनिबार राति नै भएको खेलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा पुगेको हो।

जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया खेल्ने छन्। फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुनेछ।

चार वर्षअघि फ्रान्सले फाइनलमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि उचालेको थियो।

france 1