१४ बैशाख २०८१, शुक्रबार

जोशी र एमालेको डर वरिष्ठ नेता पौडेललाई तनहुँ-१ मा

paudel

चर्चित उम्मेदवारबीचको प्रतिस्पर्धाले तनहुा क्षेत्र नं. १ को चुनाव रोचक हुने भएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि तनहुा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेसले कारवाही गरेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, नेकपा एमालेका एकबहादुर रानालगायत १५ जना प्रतिस्पर्धामा छन् । जोशीको उम्मेदवारीले पौडेललाई केही असहज बनाएको छ ।

२०४८ सालदेखि तनहुाबाटै प्रतिस्पर्धा गर्दै आएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २०७४ सालमा बाहेकमा सबै निर्वाचनमा जित्दै आएका छन् ।

यस पटक उनी भावी प्रधानमन्त्री बन्ने अभिलासाका साथ क्षेत्र नं. १ बाट प्रतिस्पर्धा गर्दैछन् । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका उनी अहिले मतदातासाग भेटघाटमा व्यस्त छन् ।

कांग्रेसका पुराना नेता तथा पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी पौडेलका लागि चुनौती देखिएको छ । प्रधानमन्त्री बन्ने लालसामा रहेका पौडेलविरुद्ध जोशीले अभियान नै चलाएर आफ्नो पक्षमा मत मागिरहेका छन् ।

एमालेका उम्मेदवार एकबहादुर राना पनि जिल्लाबाट लगातार चुनावमा प्रतिस्पर्धा गर्दै आएका नेता हुन् । २०५१ देखि २०७० सालसम्म लगातार एमालेबाट संसदीय चुनावमा प्रतिस्पर्धा गरे पनि उनी सफल हुन सकेका छैनन् ।

यस पटक सफल हुने अपेक्षासहित उनी घरदैलोमा पुगिरहेका छन् । तनहुा क्षेत्र नं. १ मा राप्रपा, जनमुक्ति पार्टी, जसपा र स्वतन्त्रसहित १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तर पौडेल, जोशी र रानाबीचको प्रतिस्पर्धा भने रोचक देखिन्छ ।

Capture 7