१३ बैशाख २०८१, बिहीबार

नक्कली नोटको कारोबार बढ्दो मधेश प्रदेशमा

not money

खुला सीमाको फाइदा उठाउँदै पछिल्लो समय भारतबाट नक्कली नोट छापेर नेपालमा ल्याउने क्रम बढेको छ । मंसीर ४ गते हुन लागेको निर्वाचन र चाडपर्वको मौका छोपेर मधेशका जिल्लामा नक्कली नेपाली नोटको कारोबार बढेको हो ।

गत असोज ७ गते बाराको सिम्रौनगढ नगरपालिका ५ कनकपुर टोलबाट ८२ हजार ५ सय नक्कली नेपाली रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गर्यो । त्यसको दुई सातापछि असोज २१ गते त्यहीं ठाउाबाट प्रहरीले नौ लाख नक्कली नेपाली रुपैयाको साथमा एकजना भारतीयसहित तीन जनालाई पक्राउ गर्यो।

यो आर्थिक वर्षमा मात्र मधेस प्रदेशमा २० लाख ८९ हजार पााच सय नक्कली नेपाली रुपैयाा प्रहरीले बरामद गरेको छ । जसमा सबभन्दा बढी बारामा नौ लाख ८२ हजार पााच सय रुपैयाा बरामद भएको छ ।

नजिकिदै गरेको निर्वाचन र चाडपर्वको मौका छोपेर बजारमा नक्कली नोट फैलाउन सजिलो हुने ठानेर भारतबाट नक्कली रुपैयाा छापेर ल्याएको अनुसन्धानले देखाएको छ ।

खुल्ला सिमानाको फाइदा उठाएर विगतमा पनि निर्वाचनको समयमा यसरी भारतमा छापेर नेपालमा नक्कली नोट आउने गरेको प्रहरी तथ्यााकले देखाएको छ ।

चाडपर्वको समयमा नयाा नोट बजारमा आउने भएकाले सर्वसाधारणले कारोवार गर्दा सचेत हुन जरुरी छ भने प्रहरी प्रशासनले पनि अनुसन्धानमा तदारुतकता देखाउन आवश्यक छ ।