२२ बैशाख २०८१, शनिबार

तपाईंहरू ओनसरीलाई जिताएर पठाउनुस्, विकासे मन्त्री बनाउँछु: प्रचण्ड

310964615 488002269723935 9089765395505130183 n

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबाट काठमाडौं–२ की साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताएर पठाउन त्यहाँका मतदातालाई आग्रह गर्दै चुनावपछि उनलाई विकास मन्त्रालयको मन्त्री बनाउने घोषणा गरेका छन् । 

सत्ता गठबन्धनले आइतबार काँडाघारीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले घर्तीभित्र धेरै अन्तरनिहीत क्षमता रहेको बताए । त्यही क्षमता देखेर आफूले उमेर नपुगे पनि सभामुखको जिम्मेवारी दिएको र उक्त जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गरेको चर्चा गरे । प्रचण्डले काठमाडौं–२ माओवादीले पाउने टुंगो नहुँदै कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्न आग्रह गर्दा ओनसरीले सहर्ष स्वीकार गरेको बताए । 

‘ओसनरीमा केही गर्न सक्ने नेतृत्वको क्षमता छ । यस क्षेत्रका जनतालाई निर्धक्कसँग ओनसरी र प्रदेशसभामा उम्मेदवार रहेका उहाँको टिमका उम्मेदवारलाई विजयी गराउनुस्’, प्रचण्डले भने, ‘उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि उहाँलाई बनाएर तपाईंहरूको अगाडि पठाएनेछ ।  यो विश्वास दिलाउन चाहन्छु ।’ 

ओनसरी संघर्ष संघर्षमा जीवन बिताएको महिला नेता भएको र उनीभित्र के क्षमता छ भन्ने कुरा मैले नजिकबाट नियाल्ने कोसिस गरेको उनको भनाइ थियो । उमेर नपुगेको व्यक्तिका लागि प्रतिनिधिसभाको सभामुखजस्तो जिम्मेवारी निर्वाह गर्नु चानचुने कुरा नभएको भन्दै उनले सफलतापूर्वक सभामुख चलाएर महिलाले पनि अवसर पाए गर्न सक्छन् भन्ने पुष्टि ओनसरीले गरेको बताए ।