११ बैशाख २०८१, मंगलवार

फैसलापछि फरार हुँदै आएका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

310772350 2292813054223215 389913699236067893 n1665918611

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ का ५० वर्षीय ब्रजेश उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनले गत साउन २३ गते उनलाई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना र १० लाख ४६ हजार २०७ रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो भने २ महिना १५ दिन कैदको समेत तोकेको थियो । 

अदालतको उक्त फैसलापछि फरार हुँदै आएका उनलाई नक्सालबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।

    सम्बन्धित समाचार...