७ बैशाख २०८१, शुक्रबार

एसईईका विद्यार्थीको शैक्षिक वर्ष खेर जान दिँदैनौं, एसईईबारे छिट्टै विकल्प आउँछ : प्रधानमन्त्री ओली

kp oli pPzc4lRUsK

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल एसईई परीक्षा सञ्‍चालन गर्न नसकिने बताएका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएकाले एसईई परीक्षा तत्काल सञ्‍चालन गर्न नसकिने बताएका हुन्।

‘महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नु परेको थियो। यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन्’ प्रधानमन्त्री ओलीले भने अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छैन्। तसर्थ, एसइइका परीक्षार्थी विद्यार्थीहरुको सिङ्गो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने छ।

आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुयल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठन/पाठन सञ्चालनको काम अघि बढाउनेछ।

एसईईमा ढिलाइ हुँदा एउटा शैक्षिक सत्र नै खेर जाने जोखिम भएकाेले यसलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले योजना बनाइरहेको र केही दिनमा टुङ्गो लाग्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

एसईईबारेमा के गर्ने भन्ने विकल्प मन्त्रालयले नै तयार पार्ने उनको भनाइ छ । उनले अन्य कक्षाहरु भर्चुअल रुपमा सञ्चालन भइरहेको र अझै बढाउनुपर्ने पनि बताए । 

काेराेना भाइरसकाे कारण नेपालमा लकडाउन बढिरहँदा एसईई के हुने हाे भनेर अभिभावक तथा विद्यार्थीमा चिन्ता बढिरहेकाे छ ।