८ बैशाख २०८१, शनिबार

सामाजिक सुरक्षा भत्ता नकाटिने

kp oli pPzc4lRUsK

सरकारले हाल उपलब्ध गराइँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रबासीलाई सम्बोधन गर्दै सामाजिक सुरक्षा भत्ता कटौती नगरिने प्रतिवद्धता जनाएका हुन्। उनले कोरोनाको संकटपूर्ण अवस्थामा अपाङ्गता भएका वा अन्य कसैको पनि सामाजिक सुरक्षा भत्ता नकाटिने बताएका हुन्।

‘यस अप्ठ्यारो समयमा अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती गरिने छैन’, उनले भने, ‘सामाजिक सुरक्षाको दायरा फराकिलो पारिनेछ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ, यस प्रणालीमा आबद्ध सबै श्रमिकको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिनेछ।’