८ बैशाख २०८१, शनिबार

अध्यक्ष ओलीले भने- ‘यो चुनावमा हामी निश्चित रुपमा जित्छौं’

kp oli 3
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा निश्चित रुपमा जित्ने दावी गरेका छन् । मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रममा उनले चुनाव जित्न गाह्रो नभएको बताए ।

चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गर्दै अध्यक्ष ओलीले भने, ‘चुनाव जितिन्न है गाह्रो छ भन्नुपर्दैन, केही गाह्रो छैन’, ओलीले भने, ‘यिनीहरु ससाना समूहहरु हुन् । आजको स्थिति भनेको सबै एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ ।’

अहिले सत्तारुढ दलका जनप्रतिनिधि एमालेमा प्रवेश गरिरहेको ओलीले बताए । ‘मेयर, उपमेयर, वडाध्यक्ष एमालेतिर प्रवेश गरिरहेका छन्’, उनले भने, ‘त्यसकारण हामी जित्छौं, निश्चित रुपमा जित्छौं । यो अनुमानका भरमा, हौसला बढाउन भनेको होइन यथार्थ आधारमा भनेको हो ।’

सत्ता गठबन्धनमा रहेका पाँचवटै दलबीच तालमेल भए पनि एमालेले चुनाव जित्ने ओलीले दावी गरे । ‘एक्लाएक्लै आए त क¥याक कुरुक पार्छौं,’ उनले भने, ‘सबै मिलेर आउँदा पनि क¥याक कुरुक म¥याक मुरुक पार्छौं ।’