१५ बैशाख २०८१, शनिबार

त्रुटि सच्याउनुपर्छ, हरियो सरियो हुँदैन: ओली

kp oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा चुनाव चिह्न हरियो राखेको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौंमा आज अखिल नेपाल महिला संघद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमाआयोजत कार्यक्रममा अध्यक्ष ओलीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आयोगले चुनाव चिह्न हरियो राखेको भन्दै आपत्ति जनाएका हुन् ।

‘निर्वाचन आयोगले मतपत्रका चिन्वहरुमा हरियो राख्ने भयो रे । हरियो चिन्ह किन राख्न्ने ? के कारणले राख्ने ? निर्वाचन आयोगले बताउनु पर्यो,’ ओलीले भने ।

उनले निर्वाचन आयोगले कुन हिसावले यस्तो चिन्ह राखेको भनेर सोध्न नभ्याएको बताउँदै अध्यक्ष ओलीले भने, ‘यो धार्मिक हिसाबले राख्ने हो ? के हिसाबले हरियो चिन्ह राख्ने ? अथवा कसैको हरियो चिन्ह छ देखिने त्यसकारण राख्ने ?’ उनले प्रश्न गर्दै भने, ‘सबैतिर जनताले रुखै रुख देखोस् भनेर राख्ने हो ।’

उनले निर्वाचन आयोगले त्यस्तो त्रुटि सच्याउनुपर्ने बताए । ‘यदि निर्वाचन आयोगले हरियो राख्ने निर्णय गरेको भने त्यस्तो त्रुटि सच्याउनुपर्छ । हरियो सरियो हुँदैन ।’