१४ बैशाख २०८१, शुक्रबार

पूरक प्रश्न सोध्ने विषयमा महाभियोग सिफारिस समितिमा विवाद

301392843 774874996991541 1960470806083615305 n

महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।

बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिने भएको छ ।

जबरासँग पूरक प्रश्न सोध्ने विषयमा समितिमा विवाद छ । केही सदस्यहरुले महाअभियोग लगाउने आधार भेटिएको भन्दै पूरक प्रश्नको आवश्यकता नरहेको बताउँदै आएका छन् । विहान ९ बजे बस्ने बैठकले यस विषयमा आवश्यक निर्णय लिने बताइएको छ ।

गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा पर्नुभएका जबरासँग १५ भदौबाट महाअभियोग सिफारिस समितिले बयान लिएको हो ।

पाँच दिन दिएको बयानका क्रममा आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य नै सकेको दाबी गर्दै उहाँले सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञमाथि विभिन्न आक्षेपसमेत लगाउनुभएको छ ।

उहाँले आक्षेप लगाउनुभएका व्यक्तिहरुलाई पनि छलफलका लागि बोलाउने विषयमा पनि समितिको आजको बैठकले निर्णय लिने भएको छ ।