१५ चैत्र २०८०, बिहीबार

उज्वेकिस्तानमा हुने बैठकमा युक्रेन र ताइवान मुद्दामा रुस र चीनका राष्ट्रपतिले छलफल गर्ने

Xi and Putin
फाइल फोटो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङले बिहीबार उज्वेकिस्तानमा हुने बैठकमा युक्रेन र ताइवानबारे छलफल गर्नेछन्, जसलाई क्रेमलिनले भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै ‘विशेष महत्व’ हुने बताएको छ । 

सीले यस हप्ता मध्य एसियाको यात्राको लागि दुई वर्षमा पहिलो पटक चीन छोड्ने छन्, जहाँ उनले पुटिनलाई भेट्नेछन् । माओ त्सेडोङ पछि सबैभन्दा शक्तिशाली चिनियाँ नेताको रूपमा आफूलाई सुनिश्चित गर्नु एक महिनाअघि उनले मध्यएसियाको भ्रमण गर्न लागेका हुन् ।

‘राष्ट्रपतिहरूले द्विपक्षीय एजेन्डा र मुख्य क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा छलफल गर्नेछन्’ क्रेमलिनका सहयोगी युरी उसाकोभले मस्कोमा एक छलफलमा भने ।

‘स्वाभाविक रूपमा, उनीहरूले द्विपक्षीय रणनीतिक साझेदारीमा अभूतपूर्व उच्च स्तरको विश्वासको सकारात्मक मूल्याङ्कन गर्नेछन्’ उनले थपे ।