६ बैशाख २०८१, बिहीबार

जर्मन क्लब बायर्नसँग स्पेनिस क्लब बार्सिलोना पराजित

1243207501.0

च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ । 

समूह सीअन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बायर्नले दोस्रो हाफमा गोल गरेको थियो ।

५०औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ५४ औँ मिनेटमा सानेले गोल गर्दा  बायर्न२-० ले अघि रह्यो । 

लगातार दोस्रो जित निकालेको बायर्न  ६ अंक जोडेर शीर्ष स्थानमा छ ।  पहिलो हार बेहोरेको बार्सिलोना  ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई २-० ले हरायो ।