१५ बैशाख २०८१, शनिबार

उभिएर बोल्दा बोल्दै प्रधानमन्त्रीका खुट्टा गले

prime minister olipng e1589872496109

आज संसदमा प्रधानमन्त्री के पि शर्मा ओलिले सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन ।

संसदलाई सम्बोधन गर्ने क्रममा बोल्न शुरु गरेको करिब आध घण्टा जस्तोमा आफुलाई केहि गार्हो महसुस भएको बताए ।

सभामुखलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने “सभामुख महोदय मलाई अलि यो स्वास्थको कारण उभिएर बोल्न गार्हो भो” ।

यसको लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे तर प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने चाहना गरे ।

त्यसपछि उनलाई रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ ।