१६ चैत्र २०८०, शुक्रबार

भारतबाट आएको भाइरस कडा देखियो : प्रधानमन्त्री

kp oli 1

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताएका छन् । विदेशबाट आउने नागरिकहरुकै कारण नेपाल कोरोनाको जोखिममा रहेको बताए ।

सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’

पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उनले बताए । यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको उनेल बताए ।

प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार गरे । देशभरी रहेका क्वरेन्टीन र आइसोलेन विस्तार र सुधार भइरहेको पनि प्रधानमन्त्रीको भनाई छ ।

पहिलो प्राथमिकता कोरोना नियन्त्रण

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा कोरोना संक्रमण नियन्त्रणलाई महत्व दिएको बताएका छन्।

संघीय संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको मंगलबार प्रधानमन्त्री ओलीले जबाफ दिएका हुन्। उनले कोरोना नियन्त्रण, निर्मुल पार्ने र कोरोनामुक्त नेपाल बनाउने सरकारको पहिलो प्राथमिकता भएको बताए।

कोरोना भाइरसबाट नेपालमा दुई जनाको निधन भएकोप्रति उनले दुःख ब्यक्त गरे। कोरोनाको कारणले वा संक्रमित भएको अवस्थामा कसैले ज्यान गुमाउनु नपरोस् भनेर सरकार प्रयत्नशील रहेको उनको भनाई थियो।

अरुमा संक्रमण हुन नपाओस् भनेर सरकारले उच्च सतर्कता अपनाउने, भरपर्दो परीक्षण गर्ने, परीक्षणको दायरा बढाउने जस्ता काम गरिरहेको उनले जानकारी दिए।

जनताको चेतना, जनप्रतिनिधिको दवाव र सीमामा आइसकेका नागरिकका कारण बाहिरबाट आउनेलाई रोक्न नसकिएको ओलीले बताए।

उनले नेपालमा अहिलेसम्म देखिएको संंक्रमितको संख्याअनुसार रोकथाम गर्न नसक्ने स्थिति नभएको दावी गरे। त्यसका लागि सिंगो देश एक भएर का गर्नु जरुरी रहेको उनको भनाई थियो।