२२ बैशाख २०८१, शनिबार

विकास शैलीको हतारो, असारे झरीमा सरकारलाई बजेट सक्ने चटारो

road

यही हो असारे विकासको शैली । आर्थिक बर्षको पहिलो महिना साउनमा ९४ करोड रुपैयाँ मात्रै खर्च भएको थियो । त्यसयता नीतिगत समस्या, आन्दोलनको बहाना र अदालती अवरोध देखाएर विकासका काम रोकिए ।

जब असार लाग्यो, सरकारी कर्मचारीदेखि निर्माण कम्पनीलाई विकासको हतारो शुरु भयो । यो असारमा दैनिकजसो औसतमा १ अर्ब रुपैयााभन्दा धेरै खर्च भैइरहेको छ । १४ दिनमा १५ अर्ब २० करोड पैसा निकासा भएको छ ।

बजेट सक्नैपर्ने भएकोले सिंहदरबारकै वरिपरि असारे झरीमा पिचमाथि पिच भैरहेको छ । राजधानीका व्यस्त सड्कमा ट्राफिक प्रहरी नै खटाएर दिनरात कालोपत्रे गर्ने हतारोको कारण भने असारपछि रकम फिर्ता जानु हो ।

तर इन्जिनियरहरु नै कालोपत्रे गरिएको ठाउामा ३ घण्टासम्म पानी परे, त्यो काम नलाग्ने बताउाछन् । मिलेमतोमा कमजोर काम गर्ने र कमिसन मिलाएर रकम निकासा गर्ने प्रवृतिले यो बेलाको कामको गुणस्तर कमजोर हुने जनगुनासो छ ।

असरमा बजेट सकाउनैको लागि हतारमा गरिने विकास दीगो नहुने सरकारदेखि सर्वसाधारण, सबैलाई थाहा छ । तर रोक्न कसैको ध्यान छैन ।

राजधानीका चोकचोक र गल्ली गल्लीमा धमाधम आरसीसी ढलान भैरहादा गाउाघरमा सडक खन्ने चटारो छ ।