६ चैत्र २०८०, मंगलवार

चैत्रको भाडा नतिरे तेरै सरकारसँग गएर बस, कि त मेरो घर छोड

nadukhun manharu 2


“बाँचे भने उपचार लकडाउन पछि गरौंला अहिलेलाई ग्याँस पाए पुग्छ” यो मोरङ्ग स्थायी घर भई हाल काठमाण्डौं ज्ञानेश्वर बस्दै आएकी २२ बर्षिय किशोरीको कारुणीक भनाई हो ।

उनी विगत ५ बर्ष देखि थाईराईड रोगबाट ग्रसित छिन् । जाँच गराई रोग त पत्ता लाग्यो तर औषधी किन्ने पैसा नभई आज सम्म औषधी चलाएकी छैनन् ।

उनी एकछिन हिँड्दा र बोल्दा अत्यन्तै थाकि हाल्छीन् र लामो लामो स्वास फेर्छिन । उनी आफ्नो दिदी र दिदीको १३ बर्षको छोरा सँग बस्दै आएकी छिन् । दिदीको छोराले आज सम्म आफ्नो बाबुको अनुहार देखेका छैनन् र अब कहिल्यै देख्ने पनि छैनन् ।

दैनिक ज्यालादारी गर्दै जिविका चलाई रहेकी उनकी दिदीको अहिले कमाई रोकिएको पनि डेढ महिना भईसक्यो,दिदी दिनहुँ कतै काम पाईन्छ की भनी भौतारीदै हिँड्छिन र सँधै रित्तो हात फर्किन्छीन् ।

उनी एक दिन विहान ७ बजेतिर चिनजानका एक वृद्धबुवा संग चौबाटोमा ग्याँस किन्ने पैसा रु.१,५०० सापट माग्दै थिईन । तर वृद्धवुवा ले आफुसँग नभएको जानकारी गराएपछि निरास भई लामोलामो स्वास फेर्दै आफ्नो दिदीको छोरालाई समातेर निशब्द भएर बाटोको पेटीमा थचक्क बस्छिन् ।

त्यतीकैमा “नदुखुन मनहरु” कार्यक्रमको टिम सँग उनको भेट हुन्छ र सोधिखोजी गर्दा ग्याँस सकिएर खाना खान नपाएर बाँच्नै गारो भएको कुरा सुनाउँछिन । “नत घरबेटीले दाउरा बाल्न दिन्छन्,नत ग्याँस किन्ने पैसा नै छ” ।

चैत्रको भाडा नदिएर घरबेटीले घर छोड्न दिएको धम्की सुनाउँदै पुर्पुरोमा हात राख्दै भन्छिन्ः गरिव हुनु जस्तो ठुलो पिडा अरु केही नहुने रहेछ ।

“नदुखुन मनहरु” को संचालकले अहिले तिमीलाई औषधी रोज्छौ की ग्याँस रोज्छौ त भन्दा बाँचे भने औषधी उपचार लकडाउन खुले पछि गर्छु अहिले मलाई ग्याँस भए पुग्छ भन्ने जवाफ दिईन । उनको विस्तृत कहानी नदुखुन मनहरुको आजको नौं श्रृंखला मार्फत प्रसारण भएको छ ।