२१ बैशाख २०८१, शुक्रबार

काठमाडौं युरेका लियो क्लबद्वारा काठमाडौं र ललितपुरमा स्यानिटाइजर स्ट्यान्ड सहयोग

kathmandu eureka club

काठमाडौं युरेका लियो क्लबद्वारा शनिबार काठमाडौं र ललितपुरमा गरी २ थान स्यानिटाइजर स्ट्यान्ड सहयोग गरेको छ । ललितपुर महनगरपालिका अन्तर्गतको कुसुन्ती पन्चेश्वर महदेव्को मन्दिर तथा महानगरीय ट्राफिक प्रभाग बल्खुमा सहयोग गरेको हो ।

वर्तमानको कोरोनाको जटिल अवस्थालाई ध्यानमा राख्दै क्लबले आवश्यकता अनुसार स्यानिटाइजर र स्यानिटाइजर स्ट्यान्ड सहयोग गरेको हो ।

ललितपुरको कुसुन्ती स्थित पन्चेश्वर महादेवको मन्दिर परिसरमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा स्थानिय असल छिमिकी महिला समुहा र पन्चेश्वर महिला समुहको उपस्थिती रहेको थियो । कार्यक्रममा काठमाडौं युरेका लियो क्लबका अध्यक्ष अध्यात्म सुवेदी र उपाध्यक्ष युवराज पराजुलीले आफ्नो मन्तब्य राख्नु भएको थिए ।

kathmandu eureka club

त्यसैगरी महानगरीय ट्राफिक प्रभाग बल्खुमा भएको कार्यक्रममा प्रहरी नायब निरीक्षक कृष्ण शर्माले क्लबलाई सहयोगको लागी धन्यवाद ज्ञापन गर्दै मन्तब्य राख्नु भएको थियो ।