१६ चैत्र २०८०, शुक्रबार

तिन नावालक छोराछोरी च्याप्दै मृत्युसँग लडिरहेका देवी नारायाण

devnarayan gir

“जन्म पछि मृत्यु,ध्रुबसत्य कुरा हो”यसलाई कोही कसैले चाहेर पनि नकार्न सक्दैनन् । यस सुनौलो धर्तीमा जन्म लिन पाउनु नै मानिसको लागि सौभाग्यको कुरा हो ।

त्यसतै सौभाग्य पाई ४३ औं बषन्तमा दौडिरहेका सिन्धुपाल्चोक स्थायी ठेगाना भई विगत लामो समय देखि काठमाण्डौ नक्साल बस्दै आएका देवी नारायाण गिरी,जसको लाउलाउ,खाउँखाउँ भन्ने उमेर की ३० बर्षिय श्रीमती,११ बर्ष र २७ महिना की २ छोरी र ८ बर्षको १ छोरा साथमा छन् ।

यती रहरलाग्दो परिवार विगत ४ बर्ष अघि सम्म त अत्यन्तै खुशीका साथ रमाई रहेका थिए,तर विडम्बना आफुमा आश्रित ४ परिवारको लालनपालनको सम्पूर्ण जिम्मेवारी लिई रहेका उनलाई ४ बर्षअघि उच्च रक्तचापले समात्यो औषधी सेवन गर्दै सेक्यूरिटी गार्डको काम गर्दै आफ्नो ५ जनाको परिवार चलाउँदै आएका उनी अहिले लिम्फोमा क्यान्सर जस्तो दुर्लभ रोगको सामना गरिरहेका छन् ।
यसको उपचारको लागि उनी काठमाण्डौको आर्युवेदिक अस्तपताल देखि ठुला-ठुला अस्पताल सबै भ्याई सके र लामो समयको अस्पतालको दौडाई र लाखौं रकमको क्षती पश्चात लगभग ३ महिना अघि मात्र पाटन हस्पिटलले उनको रोग पत्ता लगाएको थियो । उपचारको क्रममा उनले आफ्नो साथमा भएको जग्गा, जमिन र गरगहना सम्पूर्ण रित्याई सके । आफन्त सँग सरसापट गरी उपचार गर्दा लागेको ५/६ लाखको ऋणको भार अझै जिउँका तिउँ छ । अहिले उनको साथमा एक रुपैयाँ पैसा छैन । दैनिक खानपिनको लागि छरछिमेकले सहयोग गरिरहेका छन् ।

विगत ३ महिना देखि उनको पाटन अस्पतालमा उपचार भईरहेको छ । हरेक २१ दिनमा किमो मार्फत उपचार गराउन पर्ने हुन्छ,एकपटक उपचार गर्दा १ लाख जति खर्च आउँछ भने यो उपचार २ बर्ष सम्म निरन्तर गर्नुपर्ने हुन्छ । अहिले सम्म त ऋण खोजेको पैसाले उपचार गरिरहेका छन्, अब त साथमा १ रुपैयाँ पनि नभएकोले सम्पूर्ण सहयोगी मनहरु प्रति सहयोगको याचना गर्दै आफुलाई बचाउन सम्पूर्णमा अनुरोध गरेका छन् ।

म बाँचे देखि मेरा बच्चाबच्चि लाई बचाउन सक्थेँ,म मरे भने मेरा बच्चाबच्चि भोकभोकै मर्नेछन्,२७ महिनको छोरीले बाउ भनि अझै चिनेकी छैन उसले चिन्ने भएपछि मर्न पाए मनलाई शान्ति मिल्ने थियो भनि भक्कानिएर रुन्छन् उनी । उनी नरोएको कुनै दिन र कुनै रात नै छैन ।

उहाँको सहयोगको लागि परिच्छेद सेन नामक युट्युब च्यानल मार्फत प्रसारित “नदुखुन मनहरु” कार्यक्रमले नेतृत्व गरि रहेको छ भने ब्यक्तिगत रुपमा रामेछाप निवासी प्रेम लामा ज्यूले फेसबुक मार्फत सहयोग संकलन गरिसकेका छन् । यस्तै मेनुका अयेर कार्की प्राईम बैंक, लव सुदन सिं मुक्तिनाथ बिकास बैंक, करुन रेग्मी कामना सेवा बिकास बैंकबाट सहयोग प्राप्त भएको थियो ।

देवी नारायण गिरीको परिवारको यर्थात र बास्तविक कथा “नदुखुन मनहरु”कार्यक्रम मार्फत आज प्रसारण भएको छ ।

यस भिडियोलाई धेरै भन्दा धेरै माझमा पु¥याई उहाँलाई बचाउन यस कार्यक्रमका संचालकहरु ले सबैमा अनुरोध गरेका छन् ।

उहाँलाई सहयोग गर्न चाहनु हुने सहयोगी मनहरुले सिधै उहाँको एन.आई.सि. एसिया बैंकको खाता नं. 3280431182524001 देवी नारायण गिरी मा जम्मा गर्न सक्नु हुनेछ र यहाँहरुले खातामा रकम जम्मा गरेपश्चात तेज गिरी (९८०२३०६७३३, नदुखुन मनहरु) र प्रेम लामा (९८६०२४५२७२)मा जानकारी गराउनु होला,यहाँहरुले गर्नु भएको सहयोगलाई “नदुखुन मनहरु” कार्यक्रम मार्फत प्रसारण गरिनेछ ।

    सम्बन्धित समाचार...