१३ बैशाख २०८१, बिहीबार

नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस ५ दिनदेखि बेपत्ता

richard morris

नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन् ।

बेलायतको ह्यम्पसायर प्रहरीका अनुसार उनी फर्नहामको बेन्टलीमा गएको बुधबार विहान साढे दश बजे एक्सरसाइजका लागि निक्लेका थिए। तर उनी घर नफर्केपछि अहिले प्रहरीले उनको खोजी कार्य तीब्र पारेको छ।

प्रहरीले छ फिट अग्लो, श्वेत वर्णको, दाह्री पालेको भनी विवरणसहित ५२ वर्षीय मोरिसको हुलिया जारी गरेको छ । हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिकरूपमा खोजीकार्य गरिरहेको भए पनि अब सार्वजनिकरूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बतायो । रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए ।