१३ बैशाख २०८१, बिहीबार

सीमा अतिक्रमणको विरोध गर्ने पूर्व जर्नेल र पूर्वएआईजी पक्राउ

Prem Singh Arrested

सरकारले लिपुलेकमा भारतले सडक मार्ग खोलेको विरोध गरेको भन्दै नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ पक्राउ गरेको छ ।

शनिबार दिउँसो सत्तारुढ दल नेकपाको पार्टी कार्यालय अगाडी शंकपार्कमा उनीहरुले लिपुलेकको विषयमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलन जारी रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउपछि उनीहरुलाई प्रहरी कार्यालय महाराजगञ्जमा राखिएको छ । महानागरीय प्रहरी कार्यालयका डीआईजी विश्‍वराज पोखरेलले लकडाउन उल्लंघन गरेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

म्ष्कज)ज्यmभ
यसअघि लिपुलेकमा सडक खनेको विरोधमै प्रदर्शनमा उत्रिएका ३६ जनालाई प्रहरीले राजधानीको विभिन्‍नस्थानबाट पक्राउ गरेको थियो ।