१६ बैशाख २०८१, आईतवार

एक मतको अग्रता एमालेको हेटौँडामा

uml logo1628521956

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवारले १ मतको अग्रता लिएका छन् । हेटौँडाको वडा नम्बर १, २, १८ र १९ को मतगणना भइरहेको छ ।

२ हजार ६ सय १८ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्त पौडेलले ७८६ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले ७८५ मत प्राप्त गरेकी छन् । राप्रपाका दीपक सिंहले ७२० मत प्राप्त गरेका छन् ।

मकवानपुर जिल्लाको दश वटै स्थानीय तहको मत गणना भइरहेको छ । अधिकांश स्थानीय तहमा गठबन्धनको उम्मेदवारहरूको अग्रता देखिएको छ । रातीको मतगणनाको लागि सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ ।