१५ चैत्र २०८०, बिहीबार

शिवनाथ २ मा एमालेका साउद प्यानलसहित विजयी

CPN UML

बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका वीरेन्द्र सिंह साउद प्यानलसहित वडाध्यक्षमा विजयी भएका छन् ।

साउदले ७ सय ७४ मत ल्याई जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्णसिंह साउदले ७ सय ३२ मत प्राप्त गरेका छन् ।

शिवनाथ २ का सदस्यमा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएको पत्रकार गम्भीर दयालले बताए ।

शिवनाथमा गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । जहाँ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कर्णसिंह साउदले १ हजार ३ सय ३३ मत प्राप्त गरी अग्र स्थानमा देखिएका छन् । उनलाई एमालेका हजारी साउदले १ हजार ३ सय २४ मत ल्याएर पछ्याइ रहेका छन् ।

उपाध्यक्षमा भने एमालेकी शकुन्तला साउदले अग्रता लिएकी छन् । उनले १ हजार २ सय ३९ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट माओवादीका नरेन्द्र सिंह साउदले १ हजार १ सय ११ मत ल्याएका छन् ।

शिवनाथमा अहिले मतगणना स्थगित गरिएको छ भने राती १० बजेबाट मतगणना हुने बताइएको छ ।