
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी सम्झौताका विषयमा केपी शर्मा ओली नेतृत्वको सरकारले गुपचुप राखेका एमसीसीसम्बन्धी दस्तावेज भेटिएको जानकारी दिनुभएको छ ।
खनालले कार्यदलले अध्ययनमार्फत फेला पारेको नौ वटा नयाँ दस्तावेज अध्ययनपछि मात्रै थप विषय खुल्ने बताउनुभयो । झण्डै ९ सय पृष्ठ लामो ती दस्तावेजका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको जानकारी दिनुभयो ।
प्राप्त दस्तावेजमा इक्वीपमेन्ट एजेन्ट एग्रिमेन्ट, सोसियल जेनेरल इन्टिग्रेसन प्लान, डीपीआर अफ ट्रान्समिसन लाइन प्रोजेक्ट, इन्भाइरोमेन्टल एण्ड सोसियल मेनेजमेन्ट प्लान, डीपीआर अफ रुट प्रोजेक्ट, प्रोजेक्ट कोअपरेशन एग्रिमेन्ट लगायत छन् ।
प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने विषयमा निरन्तर आफ्नो मत राख्दै आए पनि यी सबै कागजपत्रको अध्ययनपछि मात्र निष्कर्ष निकाल्न सकिने खनालको भनाई छ ।
नयाँ दस्तावेजमा इन्भाइरोमेन्टल एण्ड सोसियल मेनेजमेन्ट प्लान, सोसियल जेनेरल इन्टिग्रेसन प्लान, इक्वीपमेन्ट एजेन्ट एग्रिमेन्ट, प्रोजेक्ट कोअपरेशन एग्रिमेन्ट, डीपीआर अफ ट्रान्समिसन लाइन प्रोजेक्ट, डीपीआर अफ रुट प्रोजेक्ट लगायतका छन् ।
त्यसमा स्टेप पार्टनरसिप एग्रिमेन्ट सबैभन्दा महत्वपूर्ण रहेको संयोजक खनालले बताउनुभयो । केपी ओली नेतृत्वको सरकारसँग पटक पटक माग्दा समेत यी दस्तावेज उपलब्ध नगराएको खनालको भनाइ छ ।
यी दस्तावेजहरु झण्डै आठ नौ सय पृष्ठका रहेकोले ती दस्तावेजहरुको गम्भीरतापूर्वक अध्ययन गरेर मात्र एमसीसीबारे निचोडमा पुगिने उहाँले जानकारी दिनुभयो ।
ती दस्तावेजहरूका बारेमा अध्ययन गर्ने क्रम अहिले जारी नै रहेको पनि उहाँले बताउनुभयो । त्यसैले एमसीसीकाबारेमा पछिल्लो समय मिडियामा आएका कुनै पनि कुरामा सत्यता नभएको संयोजक खनालले जिकिर गर्नुभयो ।
पछिल्लो समय आगामी संसद बैठकमा एमसीसीबारेको प्रस्ताव संसदमा प्रस्तुत गर्न गठबन्धनभित्र सहमति भएको र एमसीसी अनुमोदनमा साथ नदिए गठबन्धन नै टुट्ने चेतावनी प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुभएको लगायतका समाचार बाहिर आएका छन् ।
तर यी समाचारमा कुनै सत्यता नभएको संयोजक खनालले बताउनुभएको छ । नेता खनालले एमसीसी सम्झौता संशोधनबिना कुनै हालतमा अनुमोदन नहुने समेत दोहोर्याउनुभएको छ ।