
नायिका प्रियंका कार्की आमा बन्न लागेकी छिन्। कार्कीले आफु गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी छिन् ।
गत वर्ष नायक आयुष्मान देशराज जोशीसँग विवाह गरेकी प्रियंकाले आफू आमा बन्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत गरेकी छिन्।
उनले इन्स्टाग्राम र फेसबुकमा ‘बेबी बम्प’ देखाउँदै श्रीमान्अ/भिनेता आयुष्मान देसराज जोशीसँगको फोटो सार्वजनिक गरेकी हुन् । फोटोसँगै उनले लेखेकी छिन्, “तपाईंहरुले अब मलाई प्रश्न गर्न बन्द गर्न सक्नुहुनेछ । हो, हामी प्रेग्नेन्ट छौँ ।” प्रियकाले सेयर गरेको श्यामश्वेत तस्बिरमा उनी र आयुष्मान निकै खुसी देखिएका छन् ।
यसका साथै प्रियंकाले अरु दुईवटा फोटो पनि सेयर गरेकी छिन् । जसमध्ये एउटा फोटोमा उनी र आयुष्मानले एकार्कासँग हात समाउँदै सानो बच्चाको जुत्ता समाइरहेका छन् । अर्कोमा आयुष्मानले प्रियंकाको बेबी बम्पमा चुम्बन गरिरहेका छन् ।
प्रियंका र आयुष्मानले लामो प्रेमसम्बन्धपछि गत वर्षको फागुनमा लगनगाँठो कसेका हुन् । विवाहपश्चात उनीहरु भैँसेपाटीस्थित नयाँ घरमा बस्दै आएका छन् ।


