३ कार्तिक २०७८, बुधबार

शुभम डिलक्स बीस मिटर माथिबाट पल्टिँदा १५ घाइते

accident

सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।

बीस मिटर माथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो ।

अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुर सहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरान स्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिनुभयो ।