१४ बैशाख २०८१, शुक्रबार

सीआइबीको अनुसन्धान घेरामा प्रियंका कार्की

priyanka karki

नायिका प्रियंका कार्की केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानको घेरामा परेकी छिन् ।

डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा उनलाई सीआइबीले उनलाई अनुसन्धानको घेरामा ल्याएको हो । उनी आइतबार ब्यूरोमा बयान दिन पुगेकी थिइन् । अनुसन्धानका लागि आइतबार उनलाई ब्युरोमा बोलाइएको हो । उनले, बयानमा के भनिन् भन्ने खुलेको छैन ।

उनले केही समय अगाडि सामाजिक संजालबाट क्रिप्टोकरेन्सीको प्रचार गरेकी थिइन् । जहाँ, उनले आफूले पनि लगानी गरेको उल्लेख गरेकी थिइन् । उनले, आफ्नो फ्यानहरुलाई पनि लगानी गर्न आग्रह गरेकी थिइन् ।

केही समयअघि सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरेर उनले भनेकी थिइन् –‘क्रिप्टोकरेन्सी मा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’ 

नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सी गैह्रकानुनी रहेको बताउँदै लगानी नगर्न चेतावनी दिदै आएको छ । तर, प्रियंकाले भने खुलेयाम यसको प्रचार गरेपछि उनलाई सोधपुछका लागि सीआइबीले बोलाएको हो ।

क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइन तथा अनलाइन जुवा लगायतका एप्स नेपाल भित्र बन्द गराउन सबै इन्टरनेट सेवाप्रदायकलाई नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले  निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको थियो ।