८ बैशाख २०८१, शनिबार

लगानिकर्ता क्रिप्टोकरेन्सीको फन्दामा

Cryptocurrency

पछिल्ला दिनहरुमा नेपाली लगानीकर्ता बिच क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको संलग्नता बढ्दै गइरहेको छ । नेपालमा गैरकानुनी घोषित क्रिप्टोकरेन्सीको प्रयोग र कारोबार बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले र्भचुअल मुद्राविरुद्धको कारबाहीमा थप कडाइ हुने बताएको छ । क्रिप्टोकरेन्सीमा लगानी गर्ने र गराउने प्रक्रिया गैरकानुनी रहेकाले यसमा संलग्न पक्षहरु दण्डीत हुने बैंकले जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार क्रिप्टो कारोबारमा लगानी लगाएको सम्पति स्वतः नष्ट भएर जानेछ । नेपाल प्रहरीले क्रिप्टो कारोबारलाई अपराधिक गतिविधीको रुपमा लिएको छ ।

क्रिप्टोकरेन्सी, मुद्रा कारोबारको एक अलौकिक संसार हो । पछिल्ला दिनहरुमा नेपाली लगानीकर्ता बिच भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको संलग्नता बढ्दै गइरहेको छ । तर नेपालमा भने क्रिप्टो कारोबारलाई गैरकानुनी घोषित गरिएको छ ।

नेपालमा अवैध मानिने क्रिप्टोकरेन्सीको प्रयोग र कारोबार बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले र्भचुअल मुद्राविरुद्धको कारबाहीमा थप कडाइ हुने बताएको छ । क्रिप्टोकरेन्सीमा लगानी गर्ने वा लगानी गर्नका लागी प्रेरित गर्ने प्रक्रिया गैरकानुनी रहेको भन्दै राष्ट्र बैंकले सुचना समेत जारी गरेको छ ।

क्रिप्टोकरेन्सी विद्युतीय माध्यमबाट कारोबार गर्न सकिने डिजिटल भर्चुअल मुद्रा हो । डिजिट मुद्रा वैधानिक हुन राज्य वा राज्यको केन्द्रिय बैंकबाट केन्द्रित हुनुपर्छ । तर क्रिप्टोकरेन्सी भने विकेन्द्रित मुद्रा भएकाले यसलाई अवैधानिक मानिएको छ ।

बल्कचेन प्रविधीमा आधारित क्रिप्टोकरेन्सी संसारभरिका कम्प्युटरहरुमा रहेको डिजिटल रेर्कडका आधारमा संचालन हुन्छ । सन् २००९ देखि चर्चामा आएको बिट्कोइन पहिलो क्रिप्टोकरेन्सी हो । राज्य र क्रन्द्रिय बैंकबाट सर्मथन नपाएको विकेन्द्रित क्रिप्टोकरेन्सीलाई करेन्सी मान्न नसकिने भन्दै नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

क्रिप्टोकरेन्सी मार्पmत नेपाली पैसा अवैध रुपमा विदेशिन थालेको र ठगिने प्रवृति बढ्न थालेपछि नेपाल सरकार र नेपाल प्रहरीले नियन्त्रणका लागी प्रयास थालेको हो । नेपाल प्रहरीले क्रिप्टो कारोबारलाई अपराधिक गतिविधी भन्दै यसको कारोबार गर्नेहरुलाई नेपालको कानुन बमोजिम कारवाही हुने बताएको छ ।

राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारलाई गैरकानुनी ठहर गर्दै नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ । क्रिप्टोकरेन्सी किनबेच गरेको वा गराएको ठहर भएमा दोषीलाई अपराधिक गतिविधी कसुर अन्तर्गत कारवाही हुने प्रहरीको ठहर छ ।