६ चैत्र २०८०, मंगलवार

अजयको जन्मदिनमा ‘आर आर आर’को फर्स्टलुक सार्वजनिक

ajay devgan RRR

बलिउड अभिनेता अजय देवगनको फिल्म ‘आरआरआर’ को फर्स्टलुक सार्वजनिक भएको छ । ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आर आर आर’को सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गरिएको छ ।

राजामौलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘लोड एम सुट । ऊ आफ्ना व्यक्तिहरुलाई सशक्त बनाएर जित हासिल गर्दछ ।’ उनले साथै अजयलाई जन्मदिनको शुभकामना दिएका छन् ।

यस पोस्टर भिडियोमा अजय देवगनलाई एक योद्धाको भुमिकामा देख्न सकिन्छ । पहिलो पटक अजयले तेलुगू फिल्ममा अभिनय गरेका हुन् । उनको अहिले सामाजिक सञ्जालमा अभिनयको भव्य तारिफ भइरहेको छ । यस फिल्ममा अजयका अलवा राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र श्रिया सरनको पनि मुख्य भूमिका छ ।
यो फिल्मको नर्थ इन्डिया राइट्स ४७५ करोडमा विक्री भइसकेको भारतिय मिडियाले जनाएका छन् । यो फिल्म आगामी १३ अक्टोबरमा रिलिज गर्ने तयारी निर्माण पक्षको रहेको छ ।