६ चैत्र २०८०, मंगलवार

विवाहको डेढ महिनामै गर्भवती भएको भन्दै फोटो पोष्ट गरिन दियाले

167290356 256242729504581 7035566443925546341 n

बलिउडका कलाकार कुनै न कुनै कुराले चर्चामा आइहाल्छन् । चर्चामा आउन रुचाउने र गसिप बन्न एकदमै रुचाउने अभिनेत्री दिया मिर्जा । उनले विहे गरेको ढेड महिनामा नै आफु गर्भवती भएको बताएकी छन् । उनले यो कुरा आफ्नो इन्टाग्राम अकाउन्टमा एक तस्विर सेयर गर्दै उल्लेख गरेकी छिन् ।
गत फेब्रुअरी २५ मा व्यापारी वैभव रेखीसँग विवाह बन्धनमा बाँधिएकी दियाले आफु छिट्टै आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत भनेकी हुन् । उनले सार्वजनिक गरेको तस्बिरमा उनको बेबी बम्प प्रस्टसँग देख्न सकिन्छ । उक्त तस्बिर विहानी पख खिचाएकी छन् । उनी गर्भवती भएको तस्विर उनकै श्रीमान अर्थात वैभवले नै खिचेका हुन् । यो कुरा दिया आफैले उल्लेख गरेकी छिन् ।