१५ चैत्र २०८०, बिहीबार

भट्टि साहुनी प्रियकासँग निराजनको रिसाउँदो माया

nirajan priyanka 1

‘पियार’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लीला गजमेरको एकल स्वर रहेको ’पियार’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ । गीतमा लेखु शहयात्राीको शब्द तथा संगीत रहेको छ भने बिसम आचार्यको मिक्सिङ र एरेन्ज रहेको छ ।

यो गीतको भिडियोलाई मौसन हिमालीले निर्देशन गरेका हुन भने कोरियोग्राफी पनि हिमालीकै रहेको छ ।

पियार बोलको भिडियोलाई निर्देशक हिमालिले राम्रो बनाउनुका साथै डान्सिङ शैलिमा तयार परेका छन् । भिडियोमा एउटा सिंगो कथा बुनेका छन् । जहाँ, संवाद पनि समावेश छ । एक ट्रक ड्राइभरले आफ्नो भट्टि साहुनी प्रेमिकाको बारेमा अरुको मुखबाट नराम्रो सुनेकाले प्रेमी रिसाएको कथा मार्फत दर्शाइएको छ ।

सार्वजनिक भिडियोमा अभिनेता निराजन प्रधान र अभिनेत्री प्रियांका कार्कीको अभिनय रहेको छ । उनीहरुको जोडी भिडियोमा एकदमै सुहाएको देख्न सकिन्छ । अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा सम्पादन भने मनोज कार्किको रहेको छ ।

बिहीवार सार्वजनिक भएको भिडियो ओएसआरको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ ।