१५ चैत्र २०८०, बिहीबार

निराजन र रुविना मुख्य भूमिका रहेको सस्पेन्स–थ्रिलर फिल्म ‘म’ को टेलर सार्वजनिक

293191860 5219816021427226 256164210161627267 n

आगामी साउन २० गतेबाट प्रदर्शन हुने विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको फिल्म ‘म’ को टेलर आज एक कार्यक्रमका बिच प्रदर्शन गर्देै सार्वजनिक भएको छ ।

सस्पेन्स–थ्रिलर यो फिल्मको टेलरमा मुख्य कलाकारहरु निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रसाइली र पुनम श्रेष्ठलाई देखाइएको छ ।

कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीको कथा तथा पटकथामा तयार भएको फिल्मलाई समीक्षात्मक रूपमा सफल फिल्म ‘सुनगाभा’का निर्देशक सुवर्ण थापाले ‘म’ को निर्देशन गरेका हुन् ।

आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने फिल्म ‘म’ मा नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

‘म’ सस्पेन्स फिल्म बनेको ठम्याउन सकिन्छ तर ‘म’ को अर्थ र फिल्मको मुख्य कथा के हो भनेर अहीलेसम्म गोप्य राख्न खोजिएको छ । सार्वजनिक टेलर हेर्दा दर्शकहरूले समाजको ऐना देखाउन खोजिएको कथा पाउनुहुनेछ ।’ समाजभित्रको कथा भनेको टेलरले अहिले आइरहेका फिल्म भनदा केही फरक र केही नयाँ सम्भावना रहेको देख्न सकिन्छ ।

टेलर हेर्दा ‘म’ फरक कथामा सस्पेन्स फिल्म बनेको अनुमान लगाउन सकिन्छ । फिल्मको मुख्य भुमिकामा रहेका निराजन प्रधान एक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको खोजिमा हिडेको टेलरमा देखाइएको छ ।

कन्तिपुर फिल्म एकेडेमीको ब्यानरमा निर्माण भएको फिल्ममा तेन्जिन पाल्देनको छायांकन छ । एिकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरी क्रियटभ निर्माता रहेको फिल्मका निर्माता विमला हुमागाईं र सह निर्माता पदम पुरी हुन् ।

फिल्ममा भरत रेग्मीको कलर, राकेश दाहालको ग्राफिक्स डिजाइन, साहिल खानको थ्रिएटिकल ट्रेलर, सुजन वली र सुरक्षा रेग्मी कस्टूम डिजाइन, करण सिंहको प्रोडक्सन डिजाइन, नोबल फ्रिक्सको ब्याकग्राउन्ड स्कोर, मुकेश शाहको साउन्ड डिजाइन रहेको छ भने बनिष शाहको सम्पादन रहेको छ ।

फिल्मलाई डिसिएन र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।