१४ बैशाख २०८१, शुक्रबार

पोखरामा दीपक पौडेलको टिकट खोसियो, कृष्ण थापा एमालेबाट मेयरका उम्मेदवार

Dipak paudel

पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।

त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ । पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन् । त्यसपछि उनीविरुद्ध प्रहार धेरै भयो । अन्ततः उनको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो ।

उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताएपनि अहिले मौन छिन् । थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।