१३ बैशाख २०८१, बिहीबार

कागज मै सिमित पोखरा महानगर नै गम्भिर नबन्दा अटो भिलेज बनाउने सरकारी योजना

pokhara 1

पोखरा महानगरपालिकाले अटो व्यवसाय र वर्कसपलाई व्यवस्थित गर्न अटो भिलेजको अवधारणा ल्याई गत वर्ष जग्गा खोज्न कार्यदल समेत गठन गरेको थियो ।

गठित कार्यदलले गत फागुन २८ गते प्रतिवेदन पेश गर्दै एक सय २० रोपनी जग्गा आवश्यक पर्ने निष्कर्ष सहित पोखराको मसिना बगर, फेदी बाासबोट, पावरहाउस र बाच्छेबुडुवालाई उपयुक्त ठााउ सिफारिस गरेको थियो तर प्रतिवेदन कार्यन्वयनमा नआउदै जनप्रतिनिधीको कार्यकाल नै सकियो, त्यसपछि अटोभिलेज बनाउने योजना नै अलपत्र छ ।

महानगरले भदौ ३१ गते डेंगु फैलिएको भन्दै शहरका कवाडी पसल हटाउन सुचना जारी गरेपनि वर्कशपबारे भने बेखबर छ । पोखरामा करिव तीन सय ६० चारपांग्रे गाडीका वकसर्प छन् भने सोहि संख्यामा स्प्रे पार्टस र मोटरसाइकल वर्कसप छन् ।

बढ्दो सहरीकरण, अव्यवस्थित ट्राफिक जाम, लत्पतिएको मोबिल, फलाम र टिन ठोक्दाको कर्कश आवाजले शहर कुरुप र दुर्गन्धित बन्दै गएको प्रति व्यवसायीहरु समेत जानकार छन् ।

अटो भिलेज बनाउने विषयमा अटो र वर्कसप व्यवसायी पनि सकारात्मक छन् । तर महानगरले प्रथामिकता नदिदा योजना मै सिमित भएको उनीहरुको गुनासो छ ।

अटोभिलेज स्थापनाले शहरको वातावरण स्वच्छ त हुन्छ नै त्यसका अलाव दर्ता नभएका वर्कशपलाई कानुनी दायरामा ल्याई राजश्य संकलन गर्ने देखि उपभोक्ताले पनि गुणस्तरीय सेवा पाउन सक्छन् । त्यसैले अटो भिलेजलाई महानगरले प्रथामिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ ।