८ बैशाख २०८१, शनिबार

फिर्के खोलामा अतिक्रमण तीव्र, महानगरको मापदण्डविपरीत खोला मै संरचना

ferke

काठमाडौंमा टुकुचा खोला उत्खनन् कार्य भइरहँदा पोखरामा भने सहरको बीच भाग हुँदै बग्ने फिर्के खोला दिन प्रतिदिन अतिक्रमण भइरहेको छ ।

खोलाको किनारबाट १० मिटर छोडेरमात्रै भौतिक संरचना निर्माण गर्न पाउने महानगरको मापदण्डविपरीत खोला मै संरचना बनेका छन् ।

पोखरामा फिर्के खोलाको मापदण्ड मिचेर सरकारी तथा व्यक्तिका साथै विभिन्न संघले भवन निर्माण गरिरहेका छन् । अधेारी कुनादेखि फेवातालसम्म करिव दुई सय घर फिर्केखोलाको सीमा भित्रै बनेका छन् ।

पाँचदेखि ३५ मिटरसम्म चौडाइ रहेको ८ किलोमिटर लामो फिर्के खोला धेरै ठाउामा अतिक्रमण भइसकेको छ । तीन वर्षअघि महानगरले खोला संरक्षणका लागि भन्दै अँधेरी कुनादेखि ड्यामसाइडसम्मको खोला किनार दुवैतर्फ पैदल मार्ग बनाउने योजना ल्याएको थियो । तर त्यो कागज मै सीमित बन्दा अस्थित्व नै हराउने हो कि भन्ने चिन्ता बढेको छ ।

महानगरले भुइँतला पार्किङ्ग खाली गर्न, फेवाताल अतिक्रमण रोक्न र कवाडी पसल हटाउन निर्देशन दिए पनि खोला अतिक्रमणबारे भने मौन छ ।

खोलाको मापदण्ड कडाईका साथ लागू गर्न नसकेको महानगरले मापदण्ड विपरित निर्माण गरिएका घरका लागि विजुली, खानेपानी लगायतका राज्यबाट दिईने सेवा सुविधाका लागि सिफारिस भने दिदै आएको छ ।

1
Capture 4
ferke