१३ बैशाख २०८१, बिहीबार

मेलम्चीको पानी काठमाडौंबासीले माघपछि मात्रै खान पाउने

melamchi
फाइल फोटो

अघिल्लो वर्ष असारमा आएको बाढीले मुहान क्षेत्र नै तहसनहस पारेपछि रोकिएको मेलम्चीको पानी झण्डै ९ महिना पछि वैकल्पिक प्रणालीबाट काठमाडौं ल्याइएको थियो ।

गत वर्षको बाढीले आयोजनाको मुख्य संरचना हेडवक्समै क्षति पुर्‍याएपछि १७ करोड खर्च गरेर पानी पुनः काठमाडौं झारिएको थियो । तर यस वर्ष थप क्षति नपुगोस् भनेर मनसुन सुरु भएदेखि नै बन्द गरिएको थियो ।

यस वर्ष मनसुन ढिलोसम्म रहँदा नदीको सतहमा घटबढ भइरहेको छ । त्यसैले मेलम्ची खानेपानी विकास समितिले १ महिनापछि मात्रै पानी ल्याउन काम थालिने बताएको हो ।

मेलम्ची खानेपानी आयोजनाको संरचना तथा भौगोलिक अवस्थाका बारेमा अहिले अध्ययन भइरहेको छ । त्यसैले यस वर्ष पनि अस्थायी प्रणालीबाट पानी ल्याउने समितिको तयारी छ । अघिल्लो वर्षजस्तो यसपटक ठूलो क्षति नभएकाले गेग्रानहरु हटाएर समयमै पानी ल्याउन सकिने समितिको भनाइ छ ।

आयोजनाको मुख्य गेटलाई विद्युतबाट सञ्चालन गर्ने र अम्वाथानका गेग्रान हटाएर वैकल्पिक प्रणालीबाट पानी ल्याउने तयारी गरेको समितिले दीर्घकालीन रुपमा पानी ल्याउन भने अझै अन्योल नै छ ।