१५ बैशाख २०८१, शनिबार

तीन घण्टा लामो नेकपा सचिवालय बैठक निष्कर्षविहीन, अर्को बैठक २० गते

nekapa sachbalaya baithak

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैक भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन ।

आज बसेको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ। बैठकमा पार्टीका आन्तरिक समीक्षा, सरकारको सुध्रिढीकरण र पार्टी स्थायी कमिटी बैठकबारे छलफल भएको थियो। तर कुनै निष्कर्षमा नपुगेको र २० गते पुनः बस्नेगरी आजका लागि बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

विवादित अध्यादेश र सरकारका काम कारबाहीका विषयमा समीक्षा गर्न सचिवालय बैठक बोलाइएको थियो। बैठक कुनै पनि निष्कर्षमा पुग्न नसकेपछि २० गतेका लागि पुनः बैठक बस्ने र सोही दिन स्थायी कमिटी बैठक पनि बस्ने भन्दै समापन भएको हो।

मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुबीच भएको भेटघाटमा सचिवालय बैठक बस्ने समझदारी भए अनुसार आज बैठक बसेको थियो।

सचिवालय बैठकमा आफूलाई बलियो देखाउन दुवै गुटका नेताहरुले सांसदको हस्ताक्षरसमेत चलाएका छन्। बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय उठ्ने देखिएपछि आफूलाई बलियो देखाउन ओली पक्षले मंगलबारै सांसदको हस्ताक्षर चलाएका थिए। ओलीले सांसद हस्ताक्षर सुरु गरेपछि प्रचण्ड र माधवकुमार नेपाल गुटका नेताहरुले पनि आज हस्ताक्षर चलाएका थिए।