१५ चैत्र २०८०, बिहीबार

एकै दिन दुई वडाध्यक्षको निधन

60f8c0f35047bc49baffec9fb7defcea w1000 h500 cp

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा बर्दिया जिल्ला गेरुवा गाउँपालिका–६ को वडाध्यक्षको आज भेरी अस्पतालमा मृत्यु भएको छ।

बर्दिया गेरुवा गाउँपालिका–६ का वडाध्यक्ष ४२ वर्षीय टेकबहादुर चौधरीको आज उच्च रक्तचापका कारण मृत्यु भएको प्रदेश नं ५ का सांसद दिपेश थारुले दिए।

सांसद थारुले भने, ‘हाम्रो पार्टीका एक होनाहार नेता गुमाएका छौँ’, उनको आज भेरी अस्पताल नेपालगञ्जमा उपचार गर्दागर्दै मृत्यु भएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंहले जानकारी दिए। उनी तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भई स्थानीय चुनावमा विजय भएका थिए।

यता, बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको आज निधन भएको छ।

वैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउॅपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको उनको घरमा आगलागी हुँदा घाइते भएको उनको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो।

उनका कान्छा छोरा समिर खनालको सोही दिन नै मृत्यु भएको थियो। घाईत खनाल र उनकी श्रीमती रुपा खनाल घाइते भएका थिए।