२३ बैशाख २०८१, आईतवार

उपत्यकामा लकडाउन उलंघन गर्ने १५ सय ९८ जना नियन्त्रणमा

ezgif.com webp to jpg 1

काठमाडौँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने तीन सय ६७ महिला सहित १५ सय ९८ जनालाई नियन्त्रणमा लिएको छ ।

आज विहान ६ बजे देखि साँझ पाँच बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी एक हजार ८२ वटा दुई पाङ्ग्रे र एक सय ११ वटा चारपाङग्रे गरी ११ सय ९३ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

काठमाडौँमा सबै भन्दा बढी एक हजार ३८, ललितपुरमा चार सय ५४ र भक्तपुरमा एक सय छ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उनले आग्रह गरे । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १०६ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ । रासस